बरिष्ठ नेता पौडेलले तनहुँ -१ बाट मनोनयन दर्ता गराए

दमौली  : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललेले  तनहुँ क्षेत्र -१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

पौडेलले आइतबार मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर मनाेनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ता गरेपछि संचारकर्मीसंग कुरा गर्दै नेता पौडेलले काम गरेर जनताको मन जितेकोले यस निर्वाचनमा आफुले विजय हुने बताए ।

तनहुँ क्षेत्र नं १ (क) मा नेपाली काँग्रेसका अशोक कुमार श्रेष्ठ,ख मा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी तनहुँ क्षेत्र नं २ को प्रतिनिधि  सभासदस्यमा पूर्वमन्त्री शंकर भण्डारी,प्रदेश (क) मा नेकपा माओवादीका राजेन्द्रकेशरी न्यौपाने र (ख) मा नेपाली काँग्रेसका जीत प्रकाश आलेले उम्मेदवारी दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?