मतपरिणाबारे सर्वेक्षण नगर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दल र उम्मेद्वारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ । उम्मेद्वारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै आयोगले त्यसो गरेमा कारवाही हुने चेतावनी दिएको हो ।

आयोगले एक विज्ञप्ति जारी गर्दै आचारसंहिताका व्यवस्थाहरु विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुने व्यहोरा सबैलाई हुने जनाएको छ ।

मत सर्वेक्षणले निष्पक्ष निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने भन्दै मत सर्वेक्षण नगर्न, त्यससम्बन्धी सामग्री प्रचारप्रसार नगर्न र सामाजिक सञ्चालमा प्रकाशन पनि नगर्न भनेको छ ।

निर्वाचनका क्रममा को लोकप्रिय छ र को निर्वाचित हुनेछ भन्ने आँकलन गर्न मतदाताहरुको नमूना लिई मत सर्वेक्षण गरिन्छ ।

यस्तो सर्वेक्षणले अरु मतदाता प्रभावित हुने र निष्पक्ष रुपमा निर्वाचन गर्न बाधा हुने भन्दै निर्वाचन आयोगले मत सर्वेक्षणलाई बन्देज लगाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?