दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि दमौलीमा आउने भएका छन् । उनी पार्टीले राखेको व्यास नगरपालिका भेला तथा पालिका गठन कार्यक्रममा सहभागी हुन लागि भोलि आइतबार दमौलीमा आउन लागेका हुन् ।
भोलि व्यास -३ अनसन चौतारीमा आयोजन कार्यक्रमलाई सम्बोधन गर्न भोलि बिहान ११ बजे सभापति लामिछानेले आउने भएको राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विकास सिग्देलले जानकारी दिए ।
उनले शनिवार तनहुँको आँबुखैरेनी,गोरखा र बन्दीपुर सम्बोधन गरिसकेको राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले जनाएको छ ।
तनहुँ क्षेत्र -१ बाट प्रतिनिधिसभा सदस्यका लागि पार्टीका जिल्लाका सभापति विकास सिग्देल र तनहुँ – २ मा विजय जोशीको उम्मेदवार रहेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?