दमौली : राष्टिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमै पसिना बगाएर गरिखाने वातारण आफुहरुले बनाउने बताएका छन् ।आइतबार व्यास नगरपालिका भेला कार्यक्रमलाई सम्बोधन गदै सभापति लामिछाने उक्त कुरा बताएका हुन् ।
सभापति लामिछानेले आफ्नो उम्मेद्वार अन्य पाटिले भन्दा फरक पृष्ठभूमिको भएको बताएको छ । हाम्रा उम्मेद्वार पपुलर नभए पनि भ्रष्ट र लोभि पापि नहुने बताउदै देश र जनता प्रति उत्तरदायि हुने व्यत्ति मात्र उम्मेद्वार भएको बताए ।
आफ्नो पार्टीका उम्मेदवारहरुको जिम्मेवारी लिदै उनले भने ” हाम्रो उम्मेदवारहरुले कुनै पनि गल्ती गरेमा मेरो जिम्मेवारी हुनेछ ,”
राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै उनले अहिले भने उनीहरुको काम घिनलाग्दो भएको लामिछानेले बताए ।
उनले अहिलेको राजनीतिकको मूल सफा गर्ने अभियान संचालन गरेको बताए।
उक्त कार्यक्रममा जिल्ला अध्यक्ष एवं तनहुँ -१ बाट प्रतिनिधिसभाका उम्मेदवार विकास सिग्देल, सचिव सूर्यमणि पौडेल, तनहुँ जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवं समानुपातिकका उम्मेदवार विनोद सेञ्चुरी लगायत स्थानीय व्यक्तिहरूको उपस्थित रहेको थियो।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?