बैरेनीमा कांग्रेसको निर्वाचन सम्पर्क कार्यालय स्थापना

दमौली :  तनहुँको क्षेत्र नम्बर १ बैरेनीमा गठबन्धनले निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेकाे छ । मंसिर ४ गते हुने निर्वाचनका लागि व्यास नगरपालिका -१० स्थित बैरेनीमा मंगलवार निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएकाे हाे ।

उक्त कार्यालयकाे नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले उद्घाटन गर्दै उनले क्षेत्र नं १ को विकासका लागि कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारको जित अपरिहार्य रहेको बताए ।

उनले तनहुँको अधुरो रहेका काम पूरा गर्न लागि आफ्नो उम्मेवारी दिएको बताएको छ ।

तनहुँ क्षेत्र नं १ मा र गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा काङ्ग्रेसबाट वरिष्ठ नेता पौडेल , प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाटमा अशोक कुमार श्रेष्ठ र मओवादी केन्द्रबाट हरिबहादुर चुमानको उम्मेदवार दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?