दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँका जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभाका उम्मेदवार विनोद कुमार घर्तीलेदेशमा सुशासन कायम नभएको बताएका छन् ।
मंगलबार व्यास नगरपालिका–१४ स्थित केशवटारमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले अरु दलहरुले देशमा सुशासन कायम गर्न नसकेको बताएका हुन् ।
घर्तीले राजसंस्था र हिन्दुराष्ट्र आफूहरुको मुख्य एजेण्डा रहेको बताए । देशमा सुशासन कायम गराउने आफूहरुको एजेण्डा रहेको उनको भनाई थियो ।
राप्रपाबाट तनहुँ प्रदेश १ मा विवेक न्यौपाने, प्रदेश २ मा राजु गोतामेको उम्मेदवारी दर्ता भएको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?