काठमाडौं : ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ ।
आयोगको शनिबार बसेको बैठकले डा. कार्की बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको हो ।
कार्यालयले यसबारे निर्णय गर्न आयोगलाई पत्रचार गर्यो । आयोगले मेडिकल काउन्सिललाई कार्की बहाल रहेको सदस्य पद लाभको भए नभएको भनेर जानकारी मागेको थियो ।
हेर्नुहोस् निर्वाचन आयोगको विज्ञप्ति












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?