काठमाडौं : किशोरी बलात्कारको आरोपमा आरोपमा हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले प्रहरीसमक्ष आफू निर्दोष रहेको जिकिर गरेका छन् ।
काठमाडौँ जिल्ला अदालतमा दायर अभियोगपत्रमा सन्दीपले नगरकोटबाट फर्कने क्रममा पीडित भनिएकी किशोरीसँग राति एउटै कोठामा बसेको तर, यौन सम्बन्ध भने नभएको जिकिर गरेका हुन् । कोठामा कुराकानी गर्नका लागी कुर्चीमा बसेको बताएका उनले आफू राति सोही कुर्चीमै निदाएको र पीडित भनिएकी किशोरी बेडमै सुतेको बयान दिएका छन् ।
बयानका क्रममा सन्दीपले भनेका छन् –
‘त्यसपछि निजले कुरा गर्दै थिइन् कुरैकुरामा निजले मलाई तपाईसँग कुरा गर्नै पुगेको छैन, म आज तपाईसँग जान्छु, तपाईसँगै धेरै कुरा गर्नु छ र मेरा केहि व्यक्तिगत कुराहरु पनि गर्न बाँकी छ भनेकोमा मैले निजलाई उसो भए म अहिले हायात होटलमा बस्दै आएको छु, हायात होटलमा जाउँ, म तिमीलाई एउटा कोठाको प्रबन्ध गरी दिन्छु, त्यहि गएर तिम्रा कुराहरु सुन्छु भनी प्रस्ताव राखेको थिएँ र निज आत्तिंदै त्यहा सबै खेलाडीहरु हुन्छन, त्यसमाथी देव पनि त्यहि हुन्छ भन्दै आनाकानी गर्न थालिन । निज आनाकानी गरेको देखी, ठिकै छ नि त, म भोली क्रिकेटका लागी बाहिर जानु छ, अरु सबै खेलाडीहरु हायातमा बसेका छन, मलाई जसरी भए पनि पुग्नुपर्छ । म तिमीलाई मैले चिनेको र म लगायत अन्य खेलाडीहरु कहिलेकाँही क्याम्पका लागी जाने काठमाडौं इन होटलमा फोन गरी एउटा कोठा बुक गरीदिन्छु, म पनि एक छिन तिम्रो कुरा सुनेर जाउँला, बरु तिमीलाई होस्टेल सम्म पु-याई दिनका लागी बिहानै उठेर आउँला भनेकोमा निजले हुन्छ भन्ने कुरा गरिन् र मैले तत्काल फोन गरी एउटा कोठा बुक गरी दिएको थिएँ । पुगेपछि मैले निजलाई तिमी जाँदै गर, म गाडी पार्किङ गरेर आउछु भनेपछि निज गाडीबाट आफ्नो मोबाईल र मास्क लिई गइन् भने म गाडी पार्किङ गर्न गएको थिएँ । मैले गाडी पार्किङ गरी होटलभित्र छिरी कोठाको बारेमा सोध्दा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले कोठा चाबी लिई पहिले नै कोठा नम्बर ४०७ को कोठामा गएकी रहेछिन, त्यसपछि म त्यहि कोठामा गएँ, कोठामा पुगी ए.सी. नचेलेको देखी मैले होटलको स्टाफलाई ईनफर्म गरें । त्यसपछि कोठाको ए.सी. बिग्रेको हुनाले निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले रुम चेन्ज गर्न आग्रह गरिन् र मैले निजले भने अनुसार होटलको रिसेप्सनमा पुगेर अर्को कोठाको चाबी लिएर करिब २३ः५५ बजेतिर ३०५ नम्बरको कोठामा गएको थिएँ । कोठामा पुगीसकेपछि म कुराकानी गर्नका लागी कुर्चीमा बसे भने म पछि निज आएर कोठाको ढोका लगाई भित्रबाट लक गरेकी थिईन । मैले किन ढोका लक गरेको भन्दा केहि हुदैन, ष्त’क यप भन्दै जवाफ फर्काईन । मैले यो कुरालाई सामान्य रुपमा लिएर कुर्चीमा बसि रहे भने निज बेडमा बसिन् र कुराकानीकै बिचमा म फ्रेस हुनका लागी बाथरुम गई पुनः कुर्चीमा आई बसें । त्यसपश्चात खेल जिवनका बारेमा निजसँग कुराकानी भएको थियो । सोहि क्रममा मेरो व्यक्तिगत जिवनको बारेमा कुरा गर्दा मैले मेरो गर्लफ्रेन्ड रहेको र छिटै मेरो १/२ वर्षमा बिवाह गर्ने योजना बनाएको कुरा समेत गरेको थिएँ । त्यसपछि मैले तिम्रो बारेमा भनन त भन्दा मेरो घर नुवाकोट हो तर म बिरगंजमा जन्मेकी हुँ । अहिले म काठमाडौंमा होस्टेलमा बसेर अध्ययन गर्दै आएको छु । मेरो बुवा र आमाको सम्बन्धमा बिच्छेद भएको छ । मेरो बावु आमाको सम्बन्ध बिच्छेदका कारण मैले राम्रोसँग पठनपाठन गर्न पाएको छैन । मैले कहिले काठमाडौं त कहिले पोखरा गर्दै बिचबिचमा बिद्यालय परिवर्तन गर्दै अहिले पुन काठमाण्डौमा १२ कक्षामा अध्ययन गरेको कुरा मलाई बताइन् । निजले आफ्नो बावु आमाका कारण धेरै दुःख पाएकी र घरको आर्थिक स्थिती समेत राम्रो नरहेको कुरा बताइन् । कुराकानीको क्रममा निज उदास देखिएकोले मैले डन्ट वरी सब ठिक हुन्छ, दुखी नहोउ भन्ने कुरा गरें । निजको आर्थिक अवस्था ठिक नरहेकोले निजले मलाई स्पाेन्सरसीपका लागी समेत कुरा गरेको र यसले आर्थिक रुपमा सहयोग हुन्छ भनेकोले मैले ठिकै छ, म पनि हेरौंला के गर्न सकिन्छ भनेको थिएँ । निजले कुरा गर्दागर्दै निज फेरी उदास भएको देखेपछि मैले केहि गित सुनाएँ र त्यसपछि निजको अनुहारमा खुसी देखी मलाई पनि खुसी लाग्यो । कुराकानी गर्दागर्दै करिब ०३ः४५ ०४ः०० बज्यो । कुराकानी कै क्रममा निज आफैले म अहिले १९ वर्षको भएँ र मैले पहिले जन्मदर्ता बनाएको थिए, मलाई भविष्यमा धेरै कुराहरुमा सजिलो हुन्छ भनेर आमा बुवाको सहयोगमा उमेर घटाई अर्को जन्मदर्ता बनाएको छु भन्ने कुरा समेत गरेकी थिईन । यो कुरा सुन्दा निजमाथी शंका लागी तत्कालै होटल जाने सोच बनाएँ । त्यसपछि मैले निजलाई म अहिले होटल जान्छु, म तिमीलाई भोली बिहान होस्टेलसम्म पु-याई दिन आउँछु भन्दा निजले तपाई अहिले जाँदा आउँदा १ घण्टा जति लाग्छ, त्यति बेलासम्म त म पनि जाने बेला हुन्छ, त्यो भन्दा बरु तपाई यहि बस्नुस, हामी यहि कुराकानी गरौँला भनी आग्रह गरिन । त्यसपछि मलाई निजले भनेको कुरा पनि ठिक लाग्यो, जाँदा आउँदा अझ ढिलो हुन्छ, त्यो भन्दा बरु अर्को कोठा लिन्छु, म त्यहि सुत्छु र बिहानै तिमीलाई बिहानै होस्टेल पु-याई दिन्छु भन्दा समेत निजले मलाई अर्को कोठा लिन दिइनन् र निजले मलाई कोठामा मलाई एक्लै बस्न डर लाग्छ, तपाई बरु यहि बस्नुस् , हामी यहि बसी अझै केहि गफ गरौँला भनी कर गर्न थालिन् । म धेरै बेर कुर्सिमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्न समेत आग्रह गरेकोमा हैन म यहि ठिक छु भन्दै निजको आग्रहलाई अस्विकार गरी कुर्चीमा बसे र निज बेडमै थिइन् । मैले मेरो मोबाईलमा बिहानको ०६ः०० बजे अल्राम लगाई कुराकानी गर्दा गर्दै म कुर्चीमा निदाएँ । बिहान ०६ः०० बजे अल्राम बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिईन, मैले निजलाई उठाएँ ।’











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?