दमौली : मानिस तथा घरेलु पशुचौपायलाई पटक पटक आक्रमण गर्ने नरभक्षी चितुवालाई मार्न निर्देशन दिइएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय तनहुँले एक सुचना जारी गर्दै नरभक्षी चितुवालाई मार्न निर्देशन दिएको हो ।
तनहुँका विभिन्न स्थानीय तहमा बालबालिकाको ज्यान लिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले मार्न निर्देशन दिएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवालाई मारेर डिभिजन वन कार्यालय तनहुँमा बुझाउन प्रहरीलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए ।
जिल्ला प्रशासन कार्यलय तनहुँले जारी गरेको सूचना :












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?