स्वतन्त्र पार्टीको घोषणा : सरकारी कार्यालयमा ‘टाइम कार्ड’ लागु गर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारी कार्यालयको सेवाको विषयमा उल्लेख गर्दै सबै सरकारी सेवा तोकिएको समयमा गर्न ‘टाइम कार्ड’ लागु गर्ने  घोषणा गरेको छ  ।

विहीबार काठमाडौंमा सार्वजनिक गरिएको चुनावी ‘वाचापत्र’मा उक्त पार्टीले यस्तो घोषणा गरेको हो ।

‘निर्धारित समय भित्र सेवा प्रदान नगर्ने कार्यालय तथा सरकारी कर्मचारीलाई दण्डित र लक्षित नतिजा हासिल गर्नेलाई पुरस्कृत गरिनेछ ।’ स्वतन्त्र पार्टीले निर्धारित समयमा सेवाग्राहीले सेवा नपाए क्षतिपुर्ति दिने समेत उल्लेख गरेको छ ।

यस्तै सरकारी कामकाजको लागि भर्नुपर्ने कागजातहरु सरकारी कार्यालयमै निःशुल्क भर्ने व्यवस्था गराउने, कर्मचारीहरुको आधारभूत आवश्यकता सरकारले पूर्ति गर्ने लगायतका विषय बाचापत्रमा उल्लेख छ ।

सातै प्रदेशमा सांस्कृतिक केन्द्रहरुमा स्थापना गरी नयाँ पुस्तालाई त्यसको महत्व र संरक्षणमा सहभागी हुन प्रोत्साहित गर्ने समेत उल्लेख छ ।

यसअघि प्रमुख दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले पनि कला, साहित्य, संस्कृति, संगीत र फिल्मलाई पनि चुनावी घोषणापत्रमा समेटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?