वरिष्ठ नेता पौडेल भन्छन् : गाउँमै बसौं-बसौं लाग्ने वातावरण बनाउनेछु

भानु  : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं  तनहुँ क्षेत्र नम्बर १  बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले गाउँमै बसौं-बसौं लाग्ने वातावरण बनाउने बताएका छन्  ।

भानु नगरपालिका-१  स्थित भन्सारमा शुक्रबार गठबन्धन द्वारा आयोजित निर्वाचन विशेष कार्यक्रमलाई सम्बोधन  गर्दै नेता पौडेलले  गाउँमै बसौं-बसौं लाग्ने बनाउने आफ्नो इच्छा अहिलेसम्म पूरा हुन नसकेको बताएका हुन् ।

‘हाम्रा गाउँहरू रित्तिइरहेका छन्। हामीले हरेक गाउँमा मोटर, बिजुली, खानेपानी पुर्‍यायौं त्यहाँ स्कुल र स्वास्थ्य चौकी बनायौं। गाउँमा विस्तारै सबै सुविधा पुगेका छन् तर जनशक्ति पलायन रोकिएको छैन,’ उनले भने ।

अहिलेको समस्या र चुनौती भनेको कसरी गाउँमा बस्ने वातावरण बनाउने बताउदै गत निर्वाचनमा जनतामा भ्रम फैलिएका कारण आफूले चुनाव हारेको भन्दै पौडेलले यसपटक जनताले मूल्यांकन गर्ने विश्वास व्यक्त गरे ।

उनले  चुँदीरम्घास्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिमा साहित्यिक केन्द्र बनाउने घोषणा  गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?