बझाङमा विप्लव नेतृत्वको नेकपाद्वारा राँके जुलुस

बझाङ : बझाङमा विप्लव नेतृत्वको नेकपाले राँके जुलुस निकालेको छ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई खारेज गर्नुपर्ने माग राख्दै विप्लव नेतृत्वको नेकपाले सदरमुकाम चैनपुरमा राँके जुलुस निकालेको हो।

एमसीसी मतियारहरुलाई चुनाव प्रणालीमा सहभागी गराई देशलाई भड्खालोमा हाल्ने काम भएको भन्दै विप्लव नेतृत्वको नेकपाले आज राँके जुलुस निकालेको बताइएको छ।

देशमा राष्ट्रघाती सम्झौता गर्ने दलहरुलाई मतदान गर्न नहुने विप्लव नेतृत्वको नेकपाको भनाई छ।

भिजन न्यूज नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?