आमसभा सम्बोधन गर्न ओली गण्डकी आउँदै

पोखरा : चुनावी आमसभाका लागि आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गण्डकी आउँदैछ । कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने सभालाई उनले सम्बोधन गर्ने सचिवालयले जनाएको हो ।

एमालेले कात्तिक १८ देखि सुदूरपश्चिमको दार्चुलाबाट देशव्यापी प्रचार अभियान थालेको थियो ।

त्यस्तै आसन्न मंसिर ४ को निर्वाचनको लागि आयोगले निर्धारण गरेको प्रचारप्रसारको समयमावधिमा दल तथा उम्मेदवारले दौडधुप बढाएका छन् ।

तस्बिर फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?