विकास र समृद्धिका लागि उम्मेदवारी : राना

दमौली  :  नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट तनहुँ  क्षेत्र नं १ का उम्मेदवार एकवहादुर रानाले विकास र समृद्धिका आफ्नो उम्मेदवारी रहेको बताएका छन्   ।

तनहुँ -१ को विभिन्न वडामा घरदैलो गर्दै उनले  विकास र समृद्धिका यस  क्षेत्रमा उम्मेदवार बनेको बताएका छन् । ननिर्वाचित जनप्रतिनिधीवाट जनताको समस्या सम्वोधन गर्न नसकेको समेत गणसो पोखेको छ ।

आफु सधै जनताको समिपमा भएर पनि अवसर नपाएर काम गर्न नपाएको हुदाँ अवको निर्वाचनवाट न्याय दिन समेत रानाले अनुरोध गरेका छन्  ।

“पार्टीले टिकट दिएपनि जितको अवसर नपाँउदा विकास निर्माण र जनताको समस्या समाधान गर्न सकिएन ” उनले भने ।

उनले एमालेले राष्ट्रियताको मुद्धा, जनजिविका, विदेश सँगको सम्वन्ध र विकास निर्माणमा महत्वपुर्ण भुमिका खेलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?