दमौली : तनहुँको व्यास नगरपालिकाले भोलि बुधबार नमुना मतदान हुन कार्यक्रम सञ्चालन गर्ने भएको छ । मत बदर कम होस् भन्ने उद्देश्यका साथ जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान कार्यक्रम आयोजना गर्न लागेको हो ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बदर मत संख्या घटाउन सात वटै स्थानीय तहमा नमुना मतदान आयोजना गर्न लागिएको मतदाता शिक्षा समन्वय समितिका सदस्य नविन पराजुलीले जानकारी दिए।
नगरपालिकाले यहि भोलि दिउसो १ बजेदेखि दमौलीको खुल्ला मैदानमा नमुना मतदान कार्यक्रम गर्न लागेको हो ।
नगरपालिकाको कार्यालयमा नमुना मतदान कार्यक्रम संचालन हुने भएको हुँदा नमुना मतदान कार्यक्रममा सहभागी हुन इच्छुक सम्पुर्णलाई उपस्थितिको लागि अनुरोध छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?