भ्रष्टाचारको अन्त्यको लागि मेरो उम्मेदवारी : सिग्देल

दमौली  :  राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति एवं तनहुँ-१ का उम्मेदवार विकास सिग्देलले भ्रष्टाचारको अन्त्य, रोजगारी सिर्जना र सुशासनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । बुधवार आँबुखैरेनीको विभिन्न वडामा आयोजित घरदैलोमा बोल्दै उनले उक्त कुरा बताएका हुन्  ।

उनले भने, ‘सबै राजनीतिक दल र आस्थाप्रति मेरो कहीं–केही छैन । तपाईंको आफ्नो मनमा लागेको, घरमा झण्डा गाडेको पार्टीलाई हत्तपत्त छोड्नुस पनि भन्दिन ।’ तर यस पटक मत दिंदा यसपटक मत फेर्न पर्छ ।”

जनपक्षिय कामको लागि मेरो उम्मेदवारी रहेको छ । आफ्नो निर्वाचन क्षेत्रमा भएका राम्रो नराम्रो कामको सम्पूर्ण जिम्मेवारी म स्वयम आफूले लिने बताए  ।

आफुले चुनाव नजितेपनि जनताको काम गर्न नछोड्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?