लागुऔषध सहित एक जना पक्राउ

दमौली : तनहुँको ऑबुखैरेनी-४ वेनीटारबाट लागुऔषध सहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास-४ का १८ वर्षीय युकसन गुरुङ रहेको रहेको छ ।

भैरहवा तर्फबाट पोखरातर्फ आउँदै गरेको लु १ ख ८५९५ नम्बरको बसमा सवार उनलाई लागुऔषध सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

निजको साथबाट डाईजोपाम ५९ एम्पुल, फेनेरागन ५९ एम्पुल र नुर्फिन ६० एम्पुल गरी जम्मा १७८ एम्पुल अवैध लागुऔषध बरामद गरिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

उनी विरुद्ध तनहुँ अदालतबाट ६ दिनको म्याद थप गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?