संविधानको रक्षा गर्न गठबन्धन बनेको हो : रामचन्द्र पौडेल

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्ने लागि गठबन्धन बनेको बताएका छन् ।

भानु नगरपालिकाको विभिन्न वडामा शनिबार आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको गठबन्धनले मात्र संविधानको रक्षा गर्ने सक्ने भएकाले गठबन्धन बनेको बताएका हुन् ।”

उनले अव्यवस्थित बसोबासीलाई चाडै नै लालपूर्जा प्रदान गर्ने योजना रहेको पनि बताए ।
गठबन्धन मुलुकलाई अग्रमनतिर लैजान गरिएको बताउँदै नेता पौडेलले प्रतिगामीलाई परास्त गर्न, सहिद तथा सपूतको बलिदानी, त्याग, तपस्यालाई साकार पार्न गठबन्धन गरिएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?