तनहुँमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या फेरि बढेको छ ।
पछिल्लो २४ घण्टामा एक सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तिन सय ४२ जनाको पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा एक सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो कुल परीक्षणको ३१ प्रतिशत हो ।
आज थपिएका सहित तनहुँमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५ हजार ४ सय १२ पुगेको छ । जस्मा ४ हजार ८ सय ६२ निको भैसकेका छन् भने सक्रिय संक्रमितको सङ्ख्या ४ सय ३६ जना रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने शुन्य रहेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?