दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ का विकास सिग्देल चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित झनै सुनिश्चित गरेको बताएका छन् ।
आइतबार देवघाट गाउँपालिका चुनावी घरदैलो अभियानका क्रममा निर्वाचन जित्नेमा ढुक्क रहे पनि चुनावी घरदैलोले झनै उत्साह थपेको बताए।
सिग्देलले निर्वाचनमा जित निकालेपछि जनताको कुनै पनि हक, अधिकारको कटौती नहुने गरी कानुन निर्माण गर्ने प्रतिबद्धता जनाए ।
उनले विजयपछि जनताको विकास निर्माणको एजेन्डालाई पहुँचमा पुर्याउने, खानेपानी, खेलकुद, करिडोर, फोहाेरलगायतका जनताका समस्यालाई आफूहरूले समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
उम्मेदवार सिग्देलले आमनागरिकले दिएको माया र स्वागतले भोलिका दिनमा देवघाटमा आफ्नो कर्तव्य बढेको महसुस भएको बताए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?