चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले आइतबार चुनावी प्रचारप्रसारको गाडीमा आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । घरदैलो कार्यक्रममाथि सुनियोजित ढंगले प्रहरी प्रशाासनकै अगाडि भएको सांघातिक आक्रमणको स्वतन्त्र पार्टीले भत्सर्ना गरेको छ ।
‘ यस्ता दुःखद घटना दोहोरिन नदिन प्रहरी प्रशासन सजग बनोस् र उक्त घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही होस् भनि जोडदार माग गर्दछौँ ’, स्वतन्त्र पार्टी चितवनका सचिव कृष्णप्रसाद भुसालले जारी गरेके विज्ञप्तीमा भनिएको छ ।
घरदैलोका क्रममा कार्तिक २७ गते , आइतबार चितवनको इच्छाकामना गाउँपालिकाको लेवाटारमा स्वतन्त्र पार्टीको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका थिए ।
निराज रानाभाट











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?