सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट गर्दा एकीकृत समाजवादीको भागमा २० सिट पाएको थियो । जसमध्ये १० जनाले मात्र चुनाव जितेका छन् । चुनाव जित्नेमा नेता नेपालसँगै उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भानुभक्त जोशी, कृष्णकुमार श्रेष्ठ, प्रेमबहादुर आले, धनबहादुर बुढा र अम्मरबहादुर थापा रहेका छन् ।
राष्ट्रिय पार्टी नबन्ने चिन्ता
नेपाललाई भेट्न गएका नेता कार्यकर्ताहरुले समानुपातिक तर्फ पार्टीको थोरै मत आएको भन्दै चिन्ता गरेका थिए । ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसकेर राष्ट्रिय पार्टी नबनिने हो कि भन्ने चिन्ता उनीहरुमा थियो ।
अध्यक्ष नेपालले भने अझै मतगणना जारी रहेको भन्दै नआत्तिन आग्रह गरे । समानुपातिकतर्फको ८९ लाख मत गन्दा एकीकृत समाजवादीले २ लाख ३९ हजार मत पाएको छ । राष्ट्रिय पार्टीको मान्यता पाउन कुल खसेको सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ ।
राष्ट्रिय दल नबने उनले संसदीय दलको कार्यालय, दलका नेता र सचेतकले पाउने सुविधा पाउने छैन ।
अनलाइन खबर








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?