बारा : बारा-४ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित एवं पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)लाई बारावासीले चाँदीको मुकुट लगाएर स्वागत गरेका छन्।
श्रेष्ठसँगै प्रदेशसभा सदस्यमा निर्वाचित भएका जितेन्द्र सोनललाई विश्ररामपुर गाउँपालिका-५ इटियाहीका स्थानीयले चाँदीको मुकुट लगाएर स्वागत गरेका हुन्।
जितेपछि आफ्नो क्षेत्रका मतदाताहरूसँग भेट्न घरदैलोमा पुगेका उनलाई स्थानीयले स्वागत गरिरहेका छन्। नेकपा एकीकृत समाजवादीका नेता रहेका उनले पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएर निर्वाचित भएका हुन्।
यस्तै, सोनल भने सोही क्षेत्रको (ख) बाट प्रदेशसभा सदस्यमा बिजय भएका थिए ।लोसपाका नेता सोनल पनि पाँच दलीय गठबन्धनबाट नै उमेदवार भए जितेका हुन्।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?