आहा गडीडाँडा (फोटो सहित)

ऋषिङ  :  तनहुँको ऋषिङ गाउँपलिका -८ स्थित १२६० मिटर उचाईमा रहेको गडीडाँडाको भ्युटावरबाट वरिपरिका दृश्यले अहिले अन्तरिक पर्यटकहरुलाई आकर्षण गर्न थालेका छन् ।

चिसो मौसम सुरु भएसँगै कुहिरोले त्यहाँका पहाड डाँडाकाँडालाई ढपक्क ढाकेको छ ।

घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि वरिपरिका पहाड डाँडाकाँडा छर्लङ्ग देखिन्छ ।

चिसो मौसम सुरु भएसँगै आन्तरिक पर्यटक कुहिरो र सूर्योदय हेर्न मानुङकोट पुग्ने क्रम बढेको छ ।

तस्वीरहरु : वसन्ती थापा

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?