सुनसरी ४ मा सञ्चारमन्त्री कार्की विजयी

सुनसरी : सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैतलाई ११२ मत अन्तरले हराउँदै कार्की विजयी भएका हुन् ।

कार्कीले ३० हजार ४८३ मत ल्याउँदा कुसियैतले ३० हजार ३७१ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?