देवघाटलाई धार्मिक पर्यटनको रुपमा विकास गर्छौं : वरिष्ठ नेता पौडेल

दमौली :  नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ -१ बाट ननिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले देवघाटलाई धार्मिक पर्यटनको रुपमा विकास गरिने बताएका छन्  ।

बिहिवार देवघाट गाउँपालिका द्वारा आयोजित बधाई तथा शुभकमना कार्यक्रम सम्बोधन गर्दै उनले मतदातालाई दिदै उनले देवघाटलाई  आधुनिक तपोवन ,धार्मिक पर्यटनको रुपमा विकास गर्ने बताएका हुन् ।

‘ मुक्तिनाथ र देवघाट जोड्ने सालिग्राम मार्गको चाडै निर्माण गर्ने छौं ’, उनले भने, ‘ यो निर्माण गरेपछि यहाको पर्यटनमा बाढी आउनेछ ।’ पर्यटनको ठुलो विकास भएपछि रोजगारीको सिर्जना हुने र राम्रो आम्दानी आर्जन हुने  समेत बताए  ।

उनले चितवनबाट देवघाटलाई  जोडेर देशको जिल्लाको व्यापारिक औद्योगिक, धार्मिक, पर्यटकीय नाकाका रुपमा विकास गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?