सिग्देलको चुनाव खर्च : पाँच लाख ७ हजार ६ सय ४०

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति एवं तनहुँ -१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विकास सिग्देलले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा जम्मा खर्च पाँच लाख ७ हजार ६ सय ४०  खर्च भएको बताएका छन् ।

त्यसमा पनिचुनावी अभियानको समयमा मात्रै सवारीसाधन र इन्धनमा २ लाख बढी खर्च भएको भएको उनले बताएका छन् ।
उनका अनुसार सवारीसाधन र इन्धनमा २ लाख ६८ हजार , प्रचार प्रसार सामग्रीमा ८९ हजार २ सय ,छापा एवं विद्युतीय सामग्रीमा १८ हजार ९० , कार्यलय संचालनमा ९३ हजार १ सय , खाना र खाजा ३९ हजार २ सय ५० खर्च भएको जनाएको छ ।
त्यस्तैगरी जिल्ला कार्यलय स्थापन गर्न २ लाख ५० हजार खर्च भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?