पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफू करियरकै ठूलो सपना साकार पार्न असफल बनेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत रोनाल्डोले पोर्चुगलका लागि विश्वकप जित्ने आफ्नो करियरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना भएपनि असफल भएको बताएका हुन् ।
“मैले धेरै अन्तर्राष्ट्रिय उपाधि जितेँ । तर, आफ्नो देशका लागि विश्वकप जित्ने मेरो सबैभन्दा ठूलो सपना थियो । यसका लागि म धेरै लडेँ । कडा संघर्ष गरेँ । मैले त्यो सपनालाई कहिल्यै छोडिनँ,” उनले भनेका छन्, “तर दुःखको कुरा हिजो सपना समाप्त भयो ।”
उनले अगाडि भनेका छन्, “मेरोबारे धेरै लेखिएको छ, धेरै अनुमान गरिएको छ । तर पोर्चुगलप्रतिको मेरो समर्पण एक क्षणका लागि पनि परिवर्तन भएको छैन ।”
शनिबार राति जारी विश्वकपको क्वार्टरफाइलमा मोरोक्कोसँग १–० ले पराजित भएपछि पोर्चुगल बाहिरिएको थियो ।














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?