दमौली : दमौलीमा आजदेखि छैटौँ आदिवासी जनजाति तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा आज देखि सुरु भएको महोत्सव माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवका मूल संयोजक एवं महासंघका अध्यक्ष सनम तामाङले जानकारी दिए ।
महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति, सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, कौराहा तथा लोकदोहोरी , रमाइलो मेला, कृषि प्रदर्शनी, स्थानीय परिकार, हस्तकला सामग्रीका स्टल, मुख्य आकर्षणको रुपमा रहेको आयोजकले जनाएको छ ।
तेस्तै राष्टिय स्तरमा ख्यातिप्राप्त कलाकारको बेजोड प्रस्तुती रहनेछ ।
आजका तस्बिरहरु


















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?