बुटवल : इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी प्रहरीकै नियन्त्रणमा छन् ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई आफ्नै निवासबाटै नियन्त्रणमा लिएको हो।
गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू गरेको थियो।
त्यस्तै प्रहरी स्रोतका अनुसार अनुसन्धान गर्न गएको प्रहरी टोलीले उनको निवासमा खानतलासी गर्दा ३५ तोला सुन र २५ लाख रुपैयाँ नगद बरामद गरेको हो ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?