महान फुटबलर पेलको निधन

काठमाडौं : केही समययता जटिल स्वास्थ्य अवस्थाबाट गुज्रिरहेका विश्व प्रख्यात फुटबलर पेलेको मृत्‍यु छ ।

२१ वर्षको खेल करिअरमा कुल १ हजार ३६३ खेल, विश्व कीर्तिमानी १ हजार २८१ गोल, जसअन्तर्गत आफ्नो देश ब्राजिलका लागि ९२ खेलमा ७७ गोलको सानदार रेकर्ड राखेका उनी केही समय मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए ।

नियमित परीक्षणमा ट्युमर पत्ता लागेपछि सेप्टेम्बर २०२१ मा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उनको पेटबाट ट्युमरको शल्यक्रिया गरिएको थियो ।

नोभेम्बर २०२२ को अन्त्यमा उनलाई पुनः अस्पतालमा भर्ना गरिएको थियो ।

पेलीकी छोरी केली नासिमेन्टोले नियमितरूपमा सामाजिक सञ्जालमार्फत मार्फत पेलेको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै आएकी थिइन् ।

नसिमेन्टोले बिहीबार एक तस्बिर सार्वजनिक गर्दै बाबुको मृत्‍युको अधिकारिक पुष्टि गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?