अस्मित, राजन र सुमनको प्रस्तुतीमा हजारौं दर्शक झुमे

दमौली : पाँचौ आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको आज छैठौ दिन चर्चित गायिका अस्मिता डल्लाकोटीले  हजारौं दर्शकहरु झुमेका थिए।

व्यास नगरपालिका-३ विपीवनवाटिकामा जारी महोत्सवमा उनीहरुको साथसाथै , गायक राजन कार्की, सुमन परियार लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो ।

भोलि भने गायिका लक्ष्मी नेपाली , गायक नवीन पौडेल, शंकर पन्त लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरू प्रस्तुती रहने आयोजकले बताएको छ ।

महोत्सव आज छैठौ दिन करिब १२ हजार दर्शकले मेला अवलोकन गरेको र करिब ७ लाख बढीको कारोबार भएको महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।

यस्तै महोत्सवमा बिहिबार र शुक्रबार अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ । जसका लागि २० वटा समुह दर्ता भएका छन् ।

‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।

महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति, सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, कौराहा तथा लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, राउटे समुदायको प्रस्तुती, सांस्कृतिक नमूना ग्राम भ्रमण, धार्मिक एवं ऐतिहासिक स्थलको प्रबद्र्धन, शैक्षिक तथा विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी रुपमा रहेको आयोजकले जनाएको छ ।

महोत्सव माघ ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने सुरक्षाको बिसयमा समन्वय भैसकेको आयोजकले जनाएको छ । विद्यार्थीका लागि रु.५० र अन्यका लागि रु.७० टिकट शुल्क रहेको छ । महोत्सवले स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?