दमौलीमा जारी पाँचौ आदिवासी जनजाति महोत्सवमा आज गायक पशुपति शर्मा आउने

दमौली : तनहुँको व्यास नगरपालिका-३ विपीवनवाटिकामा जारी महोत्सव पाँचौ आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको आज आठौँ दिन चर्चित गायक पशुपति शर्मा आउने भएका छन् । शर्मा सगै आज किरण भुजेल ,गायिका मन्जु बि. क. लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरू प्रस्तुती रहने आयोजकले बताएको छ ।

यस्तै महोत्सवमा अन्तर विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता अन्तर्गत भोलि ११ टिमको सहभागी रहने  आयोजकले जनाएको छ । जसका लागि २० वटा समुह दर्ता भएका थिए ।

‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।

होत्सवमा दर्शकलाई मनोरञ्जन दिनको लागि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु ल्याइएको महोत्सवकी निर्देशक बसुन्धरा घर्तीले बताइन् ।
त्यसैगरी महोत्सवको कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ । स्टलमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटि इलेक्टिकल्स, बैक तथा वित्तिय संस्था, आइसक्रीम स्टल, अटोमोवाइल्स स्थानीय उत्पादन प्रदर्शन तथा विक्रि स्थल लगायतका स्टलहरु रहेको घर्तीले बताइन ।
‘महोत्सवमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । विद्यार्थीका लागि रु.५० र अन्यका लागि रु.७० टिकट शुल्क रहेको छ ।
महोत्सवले स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?