दमौलीमा महिला सशक्तिकरण सम्बन्धि “व्यास इभेन्ट” माघ ३ गते हुने

दमौली : तनहुँको दमौलीमा महिला सशक्तिकरण सम्बन्धि इभेन्ट आउदो माघ ३ गते हुने भएको छ । व्यास नगरपालिका–४ स्थित दमौलीयन्स युथ  क्लवले महिला सशक्तिकरण सम्बन्धि व्यास इभेन्ट आयोजना गर्न लागेको हो ।

व्यास –३ स्थित विपी वनवाटिकामा जारी महोत्सव स्थलमा गते हुन लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष  सुदीप कार्कीले जानकारी दिए।

इभेन्टमा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको प्रेरणादायी भनाइ ,गायिका आस्था राउत, गायिका तृष्णा गुरुङको लाइभ कन्सर्ट, लाइभ डीजे र स्थानीय व्याण्डको प्रस्तुति हुने आयोजकले जनाएको छ ।

टिकट शुल्क पुस २४ देखि २७ गते सम्म ४ सय , २८ देखि ३० गते सम्म ५ सय , माघ २ गते ६ सय र दाम्पतीहरुको लागि १ हजार रहेको छ ।   इभेन्टमा करिव ७ लाख ८० हजार बराबरको खर्च हुने क्लबका सचिव रिजन क्षेत्रीले बताए ।

दमौलीबाट सुरु भएको महिला सशक्तिकरण सम्बन्धि इभेन्ट “व्यास इभेन्ट”का नामले आगामी दिनमा झापा, बुटवल र काठमाडौं लगायत मुख्य शहरमा लिएर जाने योजनामा रहेको अध्यक्ष कार्कीले बताए ।

यस इभेन्ट संचालन गर्नका माइती नेपाल, व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका र स्थानीय वडाहरुको पनि सहयोग रहेको जनाएको छ।

कुल आम्दानी नाफाबाट ग्रामीणक्षेत्रका महिलाहरुको लागि सेनेटारी प्याट, दमौलीको केहि क्षेत्रको विकासमा लगाउने,महिला सशक्तिकरण सम्बन्धित अभियान संचालन गर्ने आयोजकले जनाएको छ ।

इभेन्ट माघ ३ गते साझ ७ देखि १० बजे सम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?