चिसो मौसममा उर्गेनका गीत संगीतले तात्यो दमौली

दमौली : चिसो मौसममा चर्चित गायक उर्गेन दोङको गीतसंगीतले दमौली बजारको माहोल तताएको छ ।

बिहानै देखि नखुलेको चिसो मौसम, मादी र सेतीको किनार चिसो मौसममा दोङको गीत संगीतले दमौली विपी वनवाटिका खेल मैदानमा हजारौ तनहुँबासी झुमे ।

गायक दोङले पहिलो पटक दमौलीमा आइपुगेका दोङले “टाढा भएपनि” हाम्रो यो माया” माया तितो मिठो ” टाढा भएपनि२ “दुई दिनको माया “मुटु उपहार “किन हार्यो “छोटो जोवन ” गाएर सांगीतिक माहोल तताएका थिए।

व्यास नगरपालिका–५ स्थित मानुङमा रहेको सिद्ध युवा क्लवले महोत्सव स्थलमा आयोजन गरेको थियो ।

क्लवले संकलित मुनाफाबाट आँबुखैरनी गाउँपालिका -३ स्वामिभोटे निवासी ५१ वर्षीया मृगौला पीडितमिना माया थापाको उपचारको लागि सहयोग गर्ने जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?