सन्दीपले भने : छिट्टै खेलमा फर्किन्छु, समयसँगै सबै कुरा बाहिर आउँछ

काठमाडौं : नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले अब छिटै खेलमा फर्किने बताएका छन् । कारागारबाट धरौटी तिरेर रिहा भएलगतै पत्रकारहरुसँग कुरा गर्दै उनले छिटै खेलमा फर्किने बताएका हुन् ।

उच्च अदालत पाटनले  २० लाख धरौटी तिरेर रिहा गर्ने आदेश दिएसँगै  उनी धराैटी तिरेर तारेखमा रिहा भएका  छन्  ।

केन्द्रीय कारागारबाट निस्कने क्रममा उनका समर्थकहरुले घेरेका थिए । कारागारबाहिर सन्दीपलाई कुरिरहेका समर्थकहरुले सन्दीपलाई बोल्न आग्रह गरेका थिए । सन्दीपसँगै साथमा रहेको कानुन व्यवसायी सरोज घिमिरेले नारा लगाएपछि समर्थकहरुलाई रोक्दै यो कुनै हारजित नभएको बताए ।

उनले भने, ‘ यो जितहार होइन अदालतले यो मुद्धाको बारेमा कुनै पनि टिकाटिप्पणी गर्न कानुन व्यवसायी, सन्दीप र पत्रकारलाई रोकेको छ । यस विषयमा कुनै टिकाटिप्पणी हुने छैन । २० लाख धरौटी राखेर सन्दीप बाहिर निस्केका छन् । सन्दीपले एकदुई शब्द मात्र बोल्न चाहेको मैले बुझेको छु । त्यसपछि सन्दीप गाडीमा फर्कन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?