दमौली : तनहुँको भानु नगरपालिका- ६ टुहुरेपसल स्थित डुम्रे-चन्द्रवती भित्री सडक खण्डमा ६८ बर्षीय सन्तबहादुर गुरुङको धारिलो हरियार खुकुरी प्रयोग गरी हत्या भएको छ ।
हत्यामा संलग्न रहेको व्यास नगरपालिका वडा नं.८ रिस्ती बस्ने २४ बर्षीय आशिस परियारलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
घटनामा संलग्न परियारलाई हातियार सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।
आज बिहान साढे ११ घटना भएको जानकारी प्राप्त हुन साथ प्रहरी टोली र स्थानीय मिलेर हत्यामा सम्लग्न परियारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?