तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

दमौली : जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई सफाइ दिएको छ ।

नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगबाट लागेका पललाई मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले सफाइ दिएको हो ।

उनलाई जिल्ला अदालत नवलपुरले पनि जबरजस्ती करणीको मुद्दामा सफाइ दिएको थियो । तर, बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख  क्षतिपूर्तिवापत जरिबाना तोकेको थियो ।

उनी हाल तनहुँ कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?