दमौली : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जनजातिको हित तथा उत्थानका लागि आफू सधैँ कटिवद्ध रहने बताएका छन् ।
तनहुँको व्यास नगरपालिका-३ विपी वनवाटिकामा आदिवासी जनजाति महासंघ तनहुँ द्वारा आयोजित ५ औँ संस्करण महोत्सवको बुधबार समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले जनजातिको वृद्धि विकास तथा उत्थानका लागि सधैँ अग्रसर रहने बताएका हुन्।
नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक देश भएकाले यहाँ भएको जनजातिको सांस्कृतिकले ठूलो महत्त्व राख्ने बताउँदै मुख्यमन्त्री अधिकारीले यस्तो सांस्कृतिकको संरक्षण हुनुपर्ने जोड दिए।
आम नेपालीको चाहना समृद्ध नेपाल भएकाले अबको सरकार समृद्धितर्फ अगाडि बढ्न जरुरी भएको उनको भनाइ छ।
कोभिडले थला परेको अर्थतन्त्र यस्ता मेला महोत्सव सञ्चालन हुँदा केही मात्रामा भए पनि अर्थतन्त्र चलायमान हुने विश्वास उनले व्यक्त गरे।
महोत्सव पुस २२ गते देखि माघ ४ गतेसम्म सञ्चालन भएको थियो।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?