दमौली : ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही।।।’ गायक पशुपति शर्माको यो गीत कृष्ण खड्काको जीवनमा पनि मेल खान पुगेको छ । बाख्रापालन र तरकारी खेतीबाट मासिक ३०/४० हजार रुपियाँ बचत हुने गरेको छ।
छोटो समयमै बाख्रापालन र कृषि व्यावसायबाट अहिले मनग्य कमाई हुन थालेपछि भण्डारी यस व्यवसायमा उत्साहित हुँदै लागेका छन् । म्याग्दे गाउँपालिका–५ चिमखान निवासी कृष्ण खड्काले कृषि पेसाबाट वार्षिक छ लाख रुपियाँ नाफा कमाएको छ।
खड्काले फाम नै दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन र तरकारी खेती गरेको छ ।
विभिन्न क्षेत्रको अनुभव बटुलेका भण्डारीले परिवारको आयआर्जनको दरिलो स्रोतका रूपमा बाख्रापालन व्यवसायलाई अँगालेका छन् । उनको फार्ममा हाल माउ र अन्य साना पाठापाठी गरी २८ बाख्रा रहेको छ ।
“बाख्रापालन र तरकारी खेतीबाट राम्रै कमाइ गर्न सकिने रहेछ, बाख्रा र तरकारी विक्री गरेर सरदार ५० हजार कमाउन सफल भएको छु”, उनले भने, “परिवारसँग बसेर स्वतन्त्ररूपमा व्यवसाय गर्न पाइएको छ, बाहिरको तनाव छैन, यसमै खुसी छु ।”
भण्डारीको दुईवटा माउ बाख्राबाट सुरु भएको व्यवसाय अहिले यस क्षेत्रकै नमूना बाख्रापालन व्यवसायका रूपमा चिनिन पुगेको छ । स्थानीय वयर क्रस, जनुनापारी, खरी जातका बाख्रा फार्ममा छन् ।कृषि क्षेत्रमा काम गर्ने युवा जनशक्ति नहुँदा जमिन बाँझै राख्ने गरिएको छ।
यस्तै युवाको बीचमा तनहुँका एक युवकले विदेश जान ठिक्क पारेको खर्च बाख्रापालन र तरकारी खेतीमा लाएपछि विदेशको रहर पुगेको बताए ।
उनले आफ्नै जग्गामा बाख्राका लागि डाले घाँस खेती गरेको छ। स्थानीय खरी जातको बाख्राको मूल्य राम्रो हुने र रोग पनि कम लाग्ने हुँदा बाख्रा व्यवसायमा आफूलाई सन्तुष्टि मिलेको खड्काले बताए । करिब पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गरेको खड्काले भने ।
हालसम्म कुनै पनि सङ्घ संस्थाबाट अनुदान रकम नपाएका खड्काले “गाउँमा अन्नबाली, फलफूल तथा तरकारी खेती तथा पशुपालनका लागि प्रशस्त जमिन भएमा कृषि पेसा अँगाल्न सुझाव दिए ।
घरमा श्रीमती, छोरा र बुबाआमासहित १० वर्ष अघिदेखि नै कृषिमा पेसामा लाग्नु भएको छ। अरबको तातो भूमिमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा कृषि पेसा गर्न उचित लागेर विदेश नगएको खड्काले बताए ।
विदेशमा पसिना बगाउन जाने सोचाइ परिवर्तन गरी स्वदेशमै केही व्यवसाय गर्दा राम्रो आम्दानी गर्न सकिने अनुभव उनको छ।















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?