दमौली : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेसले एक्लै लड्ने तागत बनाउनु पर्ने बताएका छन्। बुधबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँ द्वारा आयोजित भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब कांग्रेसले एक्लै लड्ने तागत बनाउनु पर्ने बताएका हुन्।
‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको छ’, उनले भने, ‘हाम्रो आफ्नै पार्टी भित्र हिजो दिनमा जे भयो भयो पछि समिक्ष गरौला , अब कांग्रेसले एक्लै लड्ने तागत बनाउनु पर्ने हुन्छ।’
संविधान र निर्वाचन कानून बाझिएकाले समय धकेल्ने प्रयास भइरहेको भन्दै थापाले भने, ‘राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ । यो बेलामा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन प्रयास गर्छ ।’
‘यो सबै कुरालाई चिर्नको लागि अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यक्ताको बोध हुन थालेको छ। यसको लागि युवाहरुको उपस्थितिले तागत बढाएको छ । युवाहरुलाई निराश बनाउँदिन,’ उनले भने।
उनले फागुनको पहिलो हप्ता भित्र कांग्रेसको भातृ संगठनहरुको पनि पूर्णता पाउने बताएका छन् ।
उक्त कार्यक्रममा संबिधान सभा सदस्य रामचन्द्र बस्नेत, गण्डकी प्रदेशसभा सदस्य एवं जिल्ला सभापति जितप्रकाश आले, प्रदेशसभा सदस्य अशोक कुमार श्रेष्ठ, जिल्ला उपसभापति एवं ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, जिल्ला सचिव लक्ष्मी भक्त खनाल लगायतका नेताहरुको उपस्थित रहेको थियो।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?