दमौली : सवारी ज्यान मुद्धामा फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नगरपालिका–३ सोतीपसल बस्ने ४० वर्षीय मिठु सुनार भनिने अमृतलाल विक रहेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए।
प्रहरीले साेमबार व्यास नगरपालिका–७ सत्रसयबाट पक्राउ गरेको हो । खटिक १८ वर्षदेखि प्रहरीको खोजीमा थिए । पक्राउ परेका उनलाई तनहुँ अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।
प्रहरी नायब उपरिक्षक खड्काका अनुसार विसं २०६१ असोज १५ गते व्यास नगरपालिका–१० परेवाडाँडामा निज विकले चलाएको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
ग १ ख ११०४ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा १८ जना यात्रुहरु घाइते भएका थिए । उक्त घटनापश्चात् विक फरार रहेको प्रहरीले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?