रसुवा–नुवाकोट–धादिङको बाढीमा मृत्यु भएकामध्ये १४ शव दमौली अस्पतालमा

दमौली । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूमध्ये १४ जनाको शव तनहुँको दमौलीस्थित प्रदेश अस्पतालमा राखिएको छ।
प्रदेश अस्पताल दमौलीले जारी गरेको सूचनाअनुसार पहिचान खुल्न नसकेका तथा पहिचान भएका समेत गरी १४ शव अस्पतालको शवगृहमा राखिएको हो।
अस्पतालका अनुसार २०८३ भदौ १२ गते साँझसम्म ८ वटा शव रहेकोमा त्यसपछि थप शव ल्याइएको थियो। भदौ १३ गते साँझ ७:३० बजे थप ५ शव र भदौ १४ गते दिउँसो १ बजे थप १ बालिकाको शव ल्याइएपछि दमौली अस्पतालमा राखिएका शवको संख्या १४ पुगेको हो।
अस्पताल प्रशासनले मृतकको पहिचान तथा आफन्तको खोजीमा सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?