भ्रष्टाचार सूचकांकमा नेपाल ११०औँ स्थानमा

काठमाडौं : ट्रान्सपेरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा हुने भ्रष्टचार अघिल्लो वर्षभन्दा घटेको देखिएको छ।  ट्रान्सपेरेन्सी इन्टरनेशनलले तय गरेको सूचकांकअनुसार सन् २०२२ मा १०० अङ्कमध्ये ३४ अङ्क प्राप्त गर्दै नेपाल ११०औँ स्थानमा रहेको छ।

सन् २०२१ मा नेपाल ११७ औँ स्थानमा थियो। सन् २०२२ मा नेपालले ७ अङ्क सुधारेको छ। उक्त सूचकाकं ५० अङ्कभन्दा तल भए ज्यादा भ्रष्टाचार हुने देश मानिन्छ।

यस्तै, उक्त सूचाकांक अनुसार ९० अङ्क सहित डेनमार्क पाहिलो स्थानमा रहेको छ। दक्षिण एसियाली मुलक ६८ अङ्कसहित भुटान २५औँ स्थानमा रहेको छ।

यस्तै, ४० अङ्कसहित माल्दिभन्स ८५औँ स्थानमा,  ४० अङ्कसहित भारत ८५औं स्थानमा, श्रीलंका ३६ अङ्कसहित  १०१औं स्थानमा, पाकिस्तान २७ अङ्कसहित १४०औं स्थानमा, बंगलादेश २५ अङ्कसहित १४७औं स्थानमा र अफगानिस्तान २४ अङ्कसहित १५० औं स्थानमा रहेको छ।

चीन भने ४५ अङ्कसहित ६५औं स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?