जनज्योति क्याम्पसद्वारा ४० पिन्ट रगत संकलन

दमौली : तनहुँको भिमाद नगरपालिका -६ स्थित क्याम्पसरोडमा रहेको जनज्योति क्याम्पसमा भएको रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको छ। क्याम्पसले आफ्नो १५ औं वार्षिकोत्सवको पुर्व सन्ध्यामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको हो।

क्याम्पसले वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व वहन गर्दै समुदाय संगको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो।

सञ्चालक समितिका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आले क्याम्पसले गरेका मानव सेवाका गतिविधिले मानवीय सचेतना वृद्धि भएको बताए। उनले पहिला रक्तदान गर्न आर्मी र प्रहरी खोज्नुपर्ने अवस्था रहेको स्मरण गराउँदै अहिले रक्तदान गर्न भीड बढ्नुमा यो समाजको पनि भूमिका रहेको बताउँछन्।

भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले क्याम्पसले शैक्षिक सुधार संगै सामाजिक कार्यहरुपनि गर्ने पर्नेमा जोड दिए ।साथै उनले क्याम्पसको शैक्षिक सुधारका लागि सदैब सहयोग राख्ने प्रतिवद्धता व्यक्त गरे ।

 क्याम्पस प्रमुख केशवराज काफ्ले ,सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाई,लयान्स क्लब अफ भिमाद ग्रिन सिटीका अध्यक्ष सिमा खड्का, भिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, प्राध्यापक, कर्मचारी, अभिभावक, विद्यार्थीहरु,सञ्चारकर्मी तथा सर्वसाधरण नागरिकले रक्तदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?