काठमाडौं : टर्कीमा सोमबार १२ घण्टाभित्र तीन शक्तिशाली भूकम्प गएका छन्। स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा ७ लशमलव ८ रेक्टरस्केलको पहिलो भूकम्प गएको थियो। त्यसको ११ मिनेटपछि नै ७ दशमलव ६ र अर्को ६ रेक्टरस्केलको भूकम्प गयो।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार अहिलेसम्म तीन हजार सातसय भन्दा बढीको ज्यान गएको छ। यस्तै तीन हजार चार सय भन्दा बढी भवनहरु भत्किएका छन्।
उक्त भूकम्पको केन्द्रबिन्दु टर्कीको गाजियानटेप सहर थियो। जो सीरियाको सीमानाभन्दा ९० किलोमिटरको दूरीमा रहेको छ।
दुवै देशमा अहिलेसम्म तीन हजार सात सय जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। तीन ठूला झट्कासहित अहिलेसम्म साना ७८ वटा पराकम्प गएका छन्।
टर्कीमा मात्रै दुई हजार तीन सय जनाको मृत्यु भएको छ भने ११ हजारभन्दा बढी घाइते भएका छन्। यस्तै सीरियामा १४ सय ४४ जनाको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी घाइते भएका छन्।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?