काठमाडौं : राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्यालले आज शपथ लिएकी छन् ।
राष्ट्रपति कार्यालय, शितल निवासमा आज राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतको उपस्थिति रहेको थिये ।
सोमबार बसेको राष्ट्रियसभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित गरेको थियो ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका सदस्य अर्याललाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निविरोध निर्वाचित भएको घोषणा गरेका थिए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?