दमौली : तनहुँको व्यास नगरपालिकाले व्यास-५ मा रहेको ६९७ जनालाई लालपुर्जाको निस्सा वितरण गरेको छ ।
नगरपालिकाले बुधवार व्यास नगरपालिका–५ का अव्यवस्थित वसोवासी तर्फ ६३५ जना, भुमिहिन दलित तर्फ ४५ जना र भुमिहिन सुकुम्वासी तर्फ १७ जना गरि कुल ६९७ हो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने प्रक्रियास्वरुप निस्सा वितरण थालिएको नगरपालिकाले जनाएको छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले सरकार भुमिप्रति जनताको अपनत्व कायम गराउन लागिपरेको वताए । नगरपालिकाको एउटा वडा वाहेक सवै वडामा निस्सा वितरणको काम सकिएको र तत्काल नापीको लागी प्राविधिकको व्यवस्था गरेर खटाउने निर्णय गरिएको समेत उनले वताए ।
राष्ट्रिय भुमि आयोगका जिल्ला सदस्य श्रीराम कार्कीले यहि भुमि आयोगले नै सवै समस्याको समाधान गर्ने वताए ।
उक्त कार्यक्रममा व्यास-५ का वडाध्यक्ष विण्णुकुमार श्रेष्ठ हिमाल, वडा सचिव विश्वराज पौडेल, वडा सदस्य सुन्दर वाग्ले लगायत उपस्थित रहेको थियो ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?