दमौली : यातायात मजदुर संगठनले ट्राफिक प्रहरीको व्यवहार सुध्रनुपर्ने भन्दै यातायात व्यवस्था विभागलाई १० बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
यातायात मजदुरका तीन संगठनहरुले बिहीबार तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापन पत्र बुझाएकाे हो।
नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रजिअ रिजाल मार्फत ज्ञापनपत्र बुझाएको नेपाल यातायात मजदुर संघ जिल्ला अध्यक्ष रघुनाथ खनालले जानकारी दिए ।
ज्ञापनपत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्ने मालबाहक साना तथा ठुला सवारी साधनहरुका लागि प्रत्येक सहरहरुमा आवश्यक पूर्वाधार सहित पार्किङस्थलको व्यवस्था गर्नु पर्ने, सडक दुर्घटनापछि यातायात श्रमिकलाई अनुसन्धानको लागि छुट्टै हिरासत कक्षमा राख्ने हतकडी नलगाउने व्यवस्था गर्नुपर्ने माग पनि संगठनहरुले गरेका छन् ।
ज्ञापनपत्रमा विभिन्न विषयमा पटक-पटक ध्यानाकर्षण गराएपनि सुनुवाई नभएकाले आन्दोलनमा जानुको विकल्प नरहेको बताएको छ ।
यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले ऐन विपरित चालकको लाइसेन्स निलम्बन गरिरहेको भन्दै ज्ञापनपत्रमा जरिवानाका नाममा रकम असुली धन्दा चलाएको जनाइएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?