याम्पाको कुमालटारी कृषि फर्ममा आगलागी

दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा कुमालटारीस्थित कुमालटारी कृषि फर्ममा बिहीबार दिउँसो आगलागी भएको छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले सञ्चालन गरेको फर्ममा आगलागी भएको हो ।

दिउँसो साढे ३ बजेदेखि सुरु भएको आगलागी अझै ४ घण्टा पछि नियन्त्रण आएको प्रहरी चौकी डुम्रेका प्रहरी नायब निरीक्षक विजयनाथ यादवले जानकारी दिए ।

सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको फर्ममा रहेका गाई तथा बाख्रालाई सुरक्षित स्थानमा सारिएको जानकारी प्रहरी नायब निरीक्षक यादवले बताए।

यद्यपि, आगोमा परेर २० वटा कुखुरा भने जलेर मरेका छन् भने मानवीय तथा पशुको क्षति नभएको यादवले बताए । विद्युत सट भएर आगलागी भएको अनुमान प्रहरीको छ ।

आगलागीबाट फर्ममा करिब ६० लाख बराबरको क्षति भएको अनुमान गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?